News Portal

बालेन शाहलाई करिब २० हजार मतको अग्रता 

फरकपोस्ट संवाददाताजेठ ११ काठमाडौं
७४७ पटक
जेठ ११ काठमाडौं

काठमाडौं महानगरपालिकामा मतगणना अझै जारी छ ।  मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । उनले अहिलेसम्मको गणनामा ५२ हजार ५७४ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् । सिंहलाई भन्दा बालेनलाई १९ हजार ५०५ मतको अग्रता छ ।

नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३२ हजार ६१२ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्