फरकपोस्ट संवाददाताजेठ ११ काठमाडौं

काठमाडौं महानगरपालिकामा मतगणना अझै जारी छ । मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । उनले अहिलेसम्मको गणनामा ५२ हजार ५७४ मत पाएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् । सिंहलाई भन्दा बालेनलाई १९ हजार ५०५ मतको अग्रता छ ।
नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३२ हजार ६१२ मतका साथ तेस्रो स्थानमा छन् ।