News Portal

स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेका दुई भारतीयलाई पहिराेले बगायो

फरकपोस्ट संवाददाताअसार ६ कपिलवस्तु
७७७ पटक
असार ६ कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् ।

प्यूठानको स्वर्गद्वारीबाट दर्शन गरी फर्कदै गर्दा  लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराेले बगाएको हो ।

भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराेले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्