News Portal

गाउँपालिका अध्यक्ष पुनले पत्रकारलाई धम्की दिएको भन्दै महासंघको आपत्ति

फरकपोस्ट संवाददातासाउन १८ काठमाण्डाैं
५४० पटक
साउन १८ काठमाण्डाैं

रोल्पा जिल्लाको रून्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासंघ राेल्पाले आपत्ति जनाएको छ ।

समाचार लेखेको विषयलाई लिएर गाउँपालिका अध्यक्ष पुनले रेडियो तथा अनलाइनकर्मी बीरेन्द्र घर्तीलाई धम्की दिएको भन्दै  महासंले विज्ञप्ती जारी गरेको छ ।

पत्रकारमाथिकाे धम्कीप्रति आपत्ति जनाउँदै महासंघ रोल्पाले अध्यक्ष पुनकाे व्यवहारप्रति निन्दा समेत व्यक्त गरेकाे छ ।

‘कुनैपनि सञ्चार संस्थामार्फत् प्रसारण–प्रकाशित भएको समाचारप्रति चित्त नबुझेको खण्ड या कुनै गुनासो भए कानुनी प्रक्रियामार्फत् न्याय खोज्न आग्रह गर्दै पत्रकारलाई गरेको व्यवहार नेपाल पत्रकार महासंघको तर्फबाट खेद व्यक्त गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

स्थानीय सरकारको वेथितिबारे आम–सञ्चारमा समाचार छापेपछि गाउँपालिका अध्यक्ष पुनले फोनमार्फत् धम्क्याएको पीडित पत्रकार घर्तीको आरोप छ ।

प्रतिकृया दिनुहोस्