News Portal

प्रहरीमा नयाँ तलबमान लागू, कसको तलब कति ?

फरकपोस्ट संवाददातासाउन २९ काठमाण्डाैं
४५२ पटक
साउन २९ काठमाण्डाैं

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो ।

नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ ।

अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारको २६ हजार पाँच सय ५३ रुपैयाँ तय भएको छ ।

गत चैतमै यी पद थपिए पनि उनीहरूले पुरानै तलब पाउँदै आएका थिए ।
नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आइजिपी) र अतिरिक्त महानिरीक्षक (एआइजिपी)को तलब समान ७२ हजार ८२ रुपैयाँ पुगेको छ । स्राेत नयाँपत्रिका 

प्रतिकृया दिनुहोस्