News Portal

प्यूठानमा गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते

फरकपोस्ट संवाददाताभदाै ६ काठमाण्डाैं
४६७ पटक
भदाै ६ काठमाण्डाैं

प्यूठानमा  गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते भएका छन । दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो ।

घाईतेमध्ये १ जनाको अबस्था गम्भीर रहेकाे बताइएकाे छ भने अन्य ७ जना समान्य घाइते रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेहरुलाई उपचारका लागि भालुवाङ पठाइएको छ ।

ब्रेक फेल हुँदा गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । गाडी सडकबाट करीव २० मिटर तल खसेको छ । घाईतेहरुको सरुमारानी गाउँपालिकाका नगर प्रहरी नेपाल प्रहरी सहित स्थानीयले उद्धार गरेको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्