News Portal

एमाले अध्यक्ष ओलीले गरे वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान

फरकपोस्ट संवाददाताभदाै ११ काठमाण्डाैं
४९१ पटक
भदाै ११ काठमाण्डाैं

नेकपा एमालेका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री  केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै  वामपन्थीहरुबीचकाे एकता आवश्यकता रहेकाे बताएका हुन् । उनले  एकताकाे आवश्कता भएकाे तर गरिने एकता  सक्कली हुनुपर्ने पनि  बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाँही एमालेले नगर्ने समेत  प्रष्ट्याएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेस क्रमैसँग भइरहेका छन् ।

प्रतिकृया दिनुहोस्