फरकपोस्ट संवाददाताभदाै ११ काठमाण्डाैं

नेकपा एमालेका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै वामपन्थीहरुबीचकाे एकता आवश्यकता रहेकाे बताएका हुन् । उनले एकताकाे आवश्कता भएकाे तर गरिने एकता सक्कली हुनुपर्ने पनि बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाँही एमालेले नगर्ने समेत प्रष्ट्याएका छन् ।
नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेस क्रमैसँग भइरहेका छन् ।