News Portal

थारु समुदायको अटवरी पर्वको अवसरमा दाङमा सार्वजनिक विदा

सुरेश राेका मगरभदाै १२ दाङ
३०७ पटक
भदाै १२ दाङ

दाङको घोराही र तुलसीपुर उपमानगरपालिकामा थारु समुदायको अटवरी पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । भदौ १२ गते आइतरबारका दिन पर्ने अटवरी पर्वको अवसरमा एक दिन स्थानीय विदा दिएको उपमहानगरहरुले सूचना जारी गरेर जानकारी दिएका छन्।

भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारलाई अटवरी पर्वको रुपमा मनाउने चलन छ। हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अटवरी व्रतको तयारी सुरु हुन्छ।

द्वापर युगमा पाँच पाण्डव मध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।

थारु समुदायमा अटवारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भातृत्व कायम गर्ने पर्कका रुपमा मनाइन्छ । आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ । यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच माया, ममता प्रगाढ हुने विश्वास थारु समुदायमा छ ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ । दाजुभाईलाई मन पर्ने खानेकुरा खुवाएरपछि चेलीहरुलाई उपहार दिने चलन रहेको छ ।

प्रतिकृया दिनुहोस्