News Portal

दाङमा चट्याङ लागेर तीजकै दिन दुई चेलीकाे मृत्यु

फरकपोस्ट संवाददाताभदाै १५ काठमाण्डाैं
८२९ पटक
भदाै १५ काठमाण्डाैं

दाङकाे घोराही उपमहानगरपालिका १२ गुरौँ गाउँमा तीजकाे साँझ चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जान चेलीको मृत्यु भएको छ भने चट्याङमा परि १३ जना घाइते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका -१२ गुरौ  गाउँमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको डीएसपी गौतमले बताए ।

प्रतिकृया दिनुहोस्