फरकपोस्ट संवाददाताभदाै १५ काठमाण्डाैं

दाङकाे घोराही उपमहानगरपालिका १२ गुरौँ गाउँमा तीजकाे साँझ चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जान चेलीको मृत्यु भएको छ भने चट्याङमा परि १३ जना घाइते भएका छन् ।
दाङको घोराही उपमहानगरपालिका -१२ गुरौ गाउँमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको डीएसपी गौतमले बताए ।