News Portal

स्वर्गद्वारीमा विद्युत महशुल निशुल्क गर्न ४० लाख बजेट विनियोजन

फरकपोस्ट संवाददाताभदाै १९ काठमाण्डाैं
८११ पटक
भदाै १९ काठमाण्डाैं

स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरपालिका भित्रका सम्पूर्ण विद्युत ग्राहकहरूको महशुल निशुल्क गर्ने गरि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरभित्र बुटवल पावर कम्पनी र नेपाल विद्युत प्राधिकरण कम्पनीको विद्युत लाइन बिस्तार भएका छन । यो भन्दा पहिले बुटवल पावर कम्पनीको विद्युत महसुल मात्र नगरपालिकाले तिरिदिने व्यवस्था गरेकाे थियो ।

यसै आर्थिक वर्षदेखि लागू हुने गरि स्वर्गद्वारी नगरपालिकाभित्र विद्युत प्राधिकरण र बुटवल पावर कम्पनी दुबै प्रशारण लाइन भएका ग्राहकहरूको विद्युत महसुल स्थानीय सरकारले तिरिदिने व्यवस्था गरेको नगर प्रवक्ता सुरज सुनारले जानकारी दिए ।

नेपाल सरकारले विद्युत प्राधिकरणको विद्युत महसुल ६० रुपैयाँ निशुल्क गर्ने र ३० रुपैयाँ ग्राहकले तिर्ने गरि व्यवस्था मिलाउदा कम्पनीले दुईतर्फबाट महसुल असुल गर्न अव्यवस्थित हुने भन्दै सम्पूर्ण शुल्क ग्राहकबाट नै लिने भएपछि सरकारको निति अनुसार ग्राहकले सुविधा पाएका थिएनन । यसरी दुईतर्फको झण्झटिलो शुल्कलाई व्यवस्थापन गर्नको लागि नीति अनुसार ग्राहकको शुल्क तिरिदिन स्थानीय सरकारले बजेट विनियोजन गरेको छ । विगतमा स्थानीय सरकारको कार्यनीतिमा उज्यालो नगरको योजना भए पनि यिनै प्राविधिक समस्याको हल नभएकै कारण कार्यनीति अनुसार ग्राहकले सुविधा पाउन सकेका थिएनन् ।

प्रतिकृया दिनुहोस्