News Portal

दाङमा शौचालय गएकी एक महिला मृत फेला

सुरेश राेका मगर दाङभदाै २२ दाङ
४२० पटक
भदाै २२ दाङ

दाङमा शौचालय भित्र एक महिला मृत भेटिएकी छिन ।  तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेवी  निवासी ३८ बर्षकी कमला लामिछाने मृत फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिएका छन् ।

छिमेकी दिदी नाता पर्ने तेजकुमारी लामिछानेकाे घरमा बुधवार बिहान ६ बजे शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा शाैचालयमा ढलेकाे  अवस्थामा देखेपछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

अस्पताल ल्याएर चेकजाँच गरेपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा श्रीमानसंग झगडा भएपछि कमला हिजो साँझ छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले बताएको छ । पोष्ट मार्टम रिपोर्टमा नर्मल देखिए पनि लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिकृया दिनुहोस्