
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका माण्डबी नदीमा पक्की पुल बन्ने भएपछि खुसीले निकै उत्साहित भएका थिए । तर ६ वर्ष बितिसक्दा पनि खुसीले पूर्णता पाउन सकेको छैन ।
आर्थिक वर्ष २०७३/०७४ सालमा स्वर्गद्वारी नगरपालिका वडा नं. ३ जलुके र वडा नं. ७ नल्सी जोड्ने पक्की पुल बनाउने कार्य ६ वर्ष अघिदेखि प्रक्रियागत रूपमा सुरु भएको थियो ।
७३/७४ मा निर्माण कार्य थालनी भएको पक्की पुलले आर्थिक वर्ष २०७९/०८० को मध्यतिर आउदा पनि पूर्णता पाउन सकिरहेको छैन ।
३ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा लिएको मृत सञ्जिवनी लोहनी एण्ड ब्रदर्श नामक निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीले पुल अलपत्र स्थानीयले आरोप लगाएका छन् ।
लोहोनी भनेर चिनिने चितवनको निर्माण कम्पनीले निर्माण कार्य थालनी गरेको ६ बितिसक्दा समेत पनि उक्त पुलको निर्माण सम्पन्न गर्न सकिरहेको छैन । वर्षातको समयावधिमा निर्माण कार्यमा समस्या आउने हुनाले त्यो समयमा काम रोक्ने र हिउँद लागेपछि पनि काम सञ्चालन गर्ने सहमति भएको थियो । पुल निर्माणमा, निमार्ण कम्पनीले सक्रियता नदेखाउदा अलपत्र परेको स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए ।
हिउँद सक्किन लाग्दासम्म निर्माण कार्य सुचारु नगर्ने र हिउँदको अन्त्यतिर काम गर्न थाल्ने प्रवृत्तिले यस्तो समस्या आउने गरेको प्रमुख भण्डारीले बताए ।
पुलको योजना बनाई यस ठाउँमा पुल निर्माणमा विशेष भुमिका निर्वाह गर्नु भएका नगरप्रमुख भण्डारीले आफूले यो बारेमा विभिन्न माध्यमबाट पटकपटक निर्माण कम्पनी , ठेकेदार समक्ष कुरा गरी ध्यानाकर्षण गराउदा पनि मौन रहेको बताएका छन् ।
प्रत्येक वर्ष हिउँदको पनि अन्त्यतिर मात्र कामको प्रक्रिया अगाडि बढाउने र वर्षा ऋतुसङ्गै काम बन्द गर्ने परीपाटी नै समस्याको जरो बनेको स्थानीय टिकाराम भण्डारीले बताउनु भयो ।
६ वर्षको अवधीमा पुलको आधा भाग भने निर्माण भइसकेको छ तर पुलको अर्को आधाभागको काम सम्पन्न गर्न आर्थिक वर्ष २०७८/०७९ को अन्त्यतिर पनि निर्माण कम्पनीले थालनी गरेको थियो ।
सम्पूर्ण व्यवस्थापन गरी अन्तिम कार्य गर्न थाल्दा वर्षात सुरू भयो र फेरि माडीखोलामा बाढी आएर क्षती हुन सक्ने कारण र सडक डिभिजनको पत्र आएको भन्दै तयार पारीएको सामाग्री पनि खोलेर निर्माण कम्पनीले काम बन्द गर्यो । त्यस पश्चात वर्षातको समयसङ्गै नदीमा बाढी आयो र पुल ढलानको लागि तयार पारीएको सामाग्रीमा क्षती पुग्यो । बाढीले क्षति पुराएको दुई महिना बितिसक्दा पनि ठेकेदार बेखबर झै छन भने निर्माणाधीन पुल अलपत्र नै छ ।
विभिन्न बाहानामा निर्माण कार्य सम्पन्न गर्ने समयावधि थप गर्ने ठेकेदारको चरम लापरबाहीमा सम्बन्धित निकायले समयावधि थप गरेर लाचारीपन देखाउन सम्म पछि हटेन । तात्कालिक सरकारदेखि अहिलेको सरकारको लय एउटै भएकाले पनि समस्या झन बल्झिएको छ ।
निर्माण कार्य थालनी गरी काम सम्पन्न गर्न तर्फ लाग्नु त एकादेशको कथा भयो ढलेका सामाग्री पनि नउठाएर रमिता देखाई ठेकेदार बेपत्ता भएको टिकारामले बताएका छन । पुल बन्ने कुराले पलाएको नागरिकको खुसी ठेकेदारको लापरबाही र अनुगमन नगर्ने म्याद थपिदिने सम्बन्धित निकायको लाचारीपनले अझै पुलको निर्माण सम्पन्न हुन नसकेको व्यापक जन गुनासो रहेको छ ।