News Portal

कोभिडका कारण प्यूठानका गर्भवतीको नियमित चेकजाँचमा समस्या

सचिन विश्वकर्माजेठ ०२, प्यूठान
३३२ पटक
जेठ ०२, प्यूठान

कोरोना भाइरस संक्रमण तिव्र रुपमा बढिरहँदा प्यूठानका गर्भवती महिलाहरुलाई नियमित चेकजाँचको लागि अस्पताल जान समस्या भएको छ । घरबाट निस्कँदा संक्रमणको जोखिम उच्च त छदै छ , त्यसमाथि अस्पतालहरूमा कोरोना संक्रमितहरूको चाप बढि भएपछि समस्या निम्तिएको हो । गर्भवतीले कम्तिमा चौथो, छैटौं, आठौं महिना र चौथो पटक नवौं महीनामा अनिवार्य चेकजाँच गराउनु पर्ने हुन्छ । त्यतिमात्र नभएर गर्भवतिले आफनो आवश्यकता अनुसार चेकजाँच गर्न पाउने आधिकार रहेको प्यूठान अस्पतालका प्रसूति विशेषज्ञ डा । नविन दर्नालले बताउनु बताउनु भयो ।
नियमित चेकजाँचबाट गर्भमा रहेको शिशुको अवस्था के कस्तो छ, वृद्धि विकास, अवस्था आदिबारे परामर्श प्राप्त हुने भएपछि जिल्लाका धेरै महिला पछिल्लो समय चेकजाचका लागि नियमित रुपमा अस्पताल आउने गरेको उहाले बताउनु भएको छ । चेकजाच बाट प्रसूतिमा हुने सम्भावित जोखिम घटाउन समेत मद्दत पुग्ने भएपछि चेकजाच गर्नेको संख्यामा वृद्धि भएको हो । नियमित परीक्षणसँगै गर्भवतीले, आइरन लगायतका औषधि सेवन गर्नूका साथै, धनुष्टङ्कार विरुद्धको सुई लगाउनु पर्ने भएकाले पनि चेकजाच अत्यावश्यक रहेको डा । दर्नालको भनाइ रहेको छ ।

तर, प्युठानमा कोरोना संक्रमणको जोखिमले नियमित चेकजाँचबाट वञ्चित भएका यहाका गर्भवति महिलामा मानसिक तनाव बढन थालेको छ । कोरोनाको दोस्रो लहरले कोरोना संक्रमितहरुको अवस्था जटिल भएपछि अस्पतालमा भर्ना गर्नुपर्ने देखिएपछि यस्तो समस्या निम्तिएको अस्पतालका डा । दर्नालको भनाइ रहेको छ । तर कोरोनाको कहर बढेपनि वैकल्पिक उपायका माध्यमबाट प्यूठान अस्पतालले जिल्लाका गर्भवतिहरुलाई परार्मश तथा सुझाव दिएर उनीहरुको मनोवल उच्च पर्ने र मानसिक तनाव कम गर्ने गरेको प्रसूति विशेषज्ञ डा । नविन दर्नालको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्