News Portal

सर्वाेच्चले माग्यो शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ संग लिखित जवाफ

फरकपोस्ट संवाददाता
५९२ पटक

सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा छलफलका लागि दुबै पक्षलाई असार २९ गते बोलाएको छ।

सञ्चरकर्मी रूपा सुनारले दलित भएका कारण काठमाडौंकाे बबरमहलकी सरस्वती प्रधानले कोठा भाडामा नदिएपछि कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो।

उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए।

रूपा सुनारले  शिक्षामन्त्री श्रेष्ठले जातीय विभेद संरक्षण गर्न खाेजेकाे भन्दै घरधनीसहित शिक्षामन्त्रीविरूद्ध आइतबार रिट दर्ता गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्