News Portal

लिलामणी पोख्रेलको आक्रोश : हिजो चुनाव जितेर मन्त्री भएको माओवादी आज अवैधानिक कसरी भयो ?

फरकपोस्ट संवाददाताअसार २४, काठमाडौं
५१४ पटक
असार २४, काठमाडौं

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमाले प्रवेश गरेका रामबहादुर थापा समूहले माओवादी अवैधानिक भन्दै निर्वाचन आयोगमा दिएको उजुरीका विषयमा कडा प्रतिक्रिया जनाएका छन् ।

पोखरेलले माओवादी पार्टीबाटै चुनाव जितेर मन्त्री हुँदासम्म वैधानिक हुने तर, एमाले प्रवेश गरेपछि अवैधानिक भन्न नमिल्ने बताए । जनयुद्ध देखि नै माओवादी पार्टीमा काम गर्दै आएका र अवसर समेत लिएका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर थारु लगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि केपी वलीको पक्षमा उभिदै मन्त्री भएका थिए ।

बुधबार दिउँसो आयोगको कार्यालय पुगेेर लीलबहादुर थापा सहितका नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन ।

एमाले प्रवेश गरेपछि थापासहितका रायमाझी, भट्ट, साह र थारु माओवादी केन्द्रबाट निष्कासनमा परेका थिए ।

प्रतिकृया दिनुहोस्