फरकपोस्ट संवाददाताअसार २४, प्यूठान

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा विप्लव नेकपा प्यूठान निकट युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन ।
६०/ ७० जना युवा तथा विद्यार्थीहरुको उपस्थितिमा बिजुवारको मित्रमणी चोकमा विरोध सभा गरिएको थियोे । विरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य याङ्क पुन र युवा संगठन नेपाल प्यूठानका पूर्व अध्यक्ष बाम बहादुर बुढाले देशमा हुने हरेक महंगी, भ्रष्टाचार र बेथितिका बिरुद्ध देशव्यापी आन्दोलनको सुरुवात भएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला नेतृत्वहरुको समेत विशेष उपस्थिति रहेको थियो । विरोध सभा कार्यक्रमको संचालन युवा संगठन नेपाल प्यूठानका सचिव वीरबल केसीले गर्नुभएको युवा संगठनका उपाध्यक्ष हरि बस्नेतले जानकारी दिनुभएको छ ।