News Portal

कुटपिटबाट प्यूठानमा एक पुरुषको मृत्युु

फरकपोस्ट संवाददाताअसार २६, प्यूठान
९८८ पटक
असार २६, प्यूठान

कुटपिटबाट प्यूठानमा एकजना व्यक्तिको शनिबार विहान मृत्यु भएको छ । नौवहिनी गाउँपालिका – १ स्याउलीवाङ्गका ४६ वर्षीया बागविर बुढामगरको कुटपिटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागबिरलाई स्थानीय शरद थापाले बिहीबार साँझ कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बागबिर र शरदले प्यूठान नगरपालिका वडा नं ७ कुरुवामा मजदुरी काम गर्दै आउनुभएको थियो । पैसाको लेनदेनको विषयलाई लिएर विवाद हुँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।

कुटपिटपछि घाईते बागविरलाई शुक्रबार राति ८ः४० बजे उपचारका लागि प्यूठान अस्पताल विजुवारमा ल्याइएको थियो । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार बागविरको शनिबार विहान करिब २ : ५० बजे उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न भनिएका शरदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्