News Portal

कपिलवस्तुबाट विप्लव नेकपाका ८ कार्यकर्ता गिरफ्तार

फरकपोस्ट संवाददातासाउन २ काठमाडौं
६७१ पटक
साउन २ काठमाडौं

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता कपिलवस्तुको पिपराबाट पक्राउ परेका छन् । सार्वजनिक यातायातको भाडामा गरिएको मनपरि वृद्धिका विरुद्धमा युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले आयोजना गरेको भाडा दर अनुगमन तथा सचेतना कार्यक्रम स्थलबाट उनीहरू पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा युवा संगठन नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष बादल, अखिल क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णु बहादुर राउत, अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्ला स्तरका नेता कार्यकर्ता रहेको खबर प्राप्त भएको छ ।

प्रहरीले कार्यक्रम स्थल घेराहाली नियन्त्रणमा लिएर नेता कार्यकर्तालाई पिपरा प्रहरी चौकीमा राखेको नेकपा स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्