
रोशन ओली – कविता
ढुङ्गा हान्ला
घरै उडाउला जसरी
साँझमा बेठेगान जोड्ले
घरकै छ्तमा हुरी आयो
डोरीहरु बेजोडले हल्लायो
डोरीमा झुन्डिरहेको
मेरा निर्दोष बस्त्रहरु
बाँच्नको लागि संघर्ष गर्दै थिए
त्यो बताँससित
त्यो धुलोसित
अन्धकार साँझसित
आखिर इतिहास हारे र त
भयानक हुरीले उडायो
मरो स्यान्डोको, कट्टुको जवानी
कहाँ -कहाँ उडायो
सड्कसम्म उडायो कि
पहरातिर पुरायो कि
बलेसीतर्फ खसायो
खै तिमीलाई खोजी रहेछु
तिम्रो यादहरु त दुरुस्त छन्
तर तिमी छैनौं
त्यो घाम ,त्यो पानी
त्यो माटो अनि तुवाँलोले
कस्तो बनायो होला
एकचोटी हेर्न मन छ
जो बर्षौ हराएकी प्रेमीलाई
भेट्न कति महत्त्व हुन्छ
त्यस्तै मन लागि रहेछ
मेरै बस्त्र भेट्न ।।
जो आफनै प्रेमीले
गराएको बेचैन भन्दा नि
हजार गुणा ठूलो पीर
आफ्नै बस्त्रको हुँदो रहेछ । हुरीले हिंडाएको बाटो