News Portal

देशको धेरै जनसंख्या मेरो पक्षमा छ : केपी ओली

फरकपोस्ट संवाददातासाउन ११ काठमाडौं
६१८ पटक
साउन ११ काठमाडौं

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो पक्षमा रहेको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगर्ने ? केपी ओलीको साथमा रहेको कुनै २/४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको पक्षमा छ उनले भने ।

उनले अघि भने, ‘नेकपा एमाले कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा रहेको उनले बताए ।’ एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए ।

नेता नेपालतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाए । अपराध कर्मको नेतृत्व गरिरहेकाहरुको सन्दर्भमा आफूले धेरै भनिरहेको भन्दै ओलीले थप केही नभन्ने बताए ।

अरुको हकमा पार्टी एकतामा आउन आग्रह गर्दै उनले भने, ‘अब म आशा गरिरहेको छैन ।’

प्रतिकृया दिनुहोस्