फरकपोस्ट संवाददातासाउन ११ काठमाडौं

कारागारमा कैदी जीवन बिताइरहेका रेशम चौधरी एकाएक निर्वाचन आयोग पुगेका छन् ।
जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार डाकेको हुनाले उनी आयोग पुगेको बताइएको छ ।
चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा प्रहरीको गाडी चढेर आएका थिए । चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका छन् ।