
विगत एक दशकदेखि नेपाली लोक संगीतमा निरन्तर संघर्ष गरिरहेका गायक बसन्त विक को लोकप्रियता यतिबेला थप चुलिएको छ ।
लोकप्रिय टेलिभिजन कार्यक्रम दोहोरी च्याम्पियनमा उनको प्रसतुतीले सबैको मन जितेको छ ।
दोहोरी च्याम्पियनको यात्रा पूर्व नै धेरै चर्चित गीतहरु दर्शक श्रोता समक्ष प्रिय बनेका गायक अझै प्रिय बनिरहेका छन । दोहोरी च्याम्पियनको प्रतियोगितामा बसन्तले गाएका अधिकांश शव्दहरुले दर्शको मन मुटु जितिरहेका छन जसको नजिता टिकट्क फेसबुक लगायतका सञ्जालमा हेर्न सकिन्छ ।
ऋषिङ १ काहुँशिवपुरका बसन्त दमौली एफएममा सांगितिक कार्यक्रम सञ्चालनसँगै गायनमा हात हालेका उनी अहिले दोहोरी च्याम्पियनको अन्तिम १६ मा पुगेका छन् । बिहिबार रातीसम्म हुने एसएमएस मतदानमार्फत उनी टप ८ मा पुग्ने नपुग्ने भन्ने बारे निश्चित हुने हुदा उनले एकपटक सबैले आफूलाई भोट गरिदिन अनुरोध गरेका छन ।
गुल्मीकी पवित्रा मगरसँगको जोडी जमाउँदै अघि बढेका बसन्त यस क्षेत्रकै प्रतिनिधित्व गर्दै विजेता बन्ने दौडमा लागेका छन । उनलाई जिताउनका लागि बिहिबार मध्यरातसम्म एसएमएसमा मतदान गर्न सकिनेछ । बसन्तले आफ्नो जोडीका लागि विजेता बनाउन DC08 टाइप गरेर 33001 मा सकिने जानकारी सबै आफ्ना दर्शक श्रोता र शुभचिन्तक माझ गराएका छन ।
दर्शक श्रोताको माया, ममता र सहयोग देख्दा आफ्नो गृह जिल्ल प्रदेश तथा सम्रग देशबाटै मत पाएर विजयी हुनेमा आफू विश्वस्त रहेको गायक बसन्तले हामीलाई जानकारी गराए । उनलाई हाम्रो तर्फबाट पनि जित अग्रिम शुभकामना व्यक्त गर्दछौं ।