News Portal

प्यूठानमा गुडिरहेको मोटरसाइकलमा आगलागी,भागेर बाँचे चालक

राम बहादुर विश्वकर्मा साउन २३ प्यूठान
८३१ पटक
साउन २३ प्यूठान

प्यूठान जिल्ला प्युठान नगरपालिका १० स्थित कोचेनमा आज गुडिरहेको एक मोटरसाइकलमा अचानक आगलगी भएको छ । बाग्दुलाबाट मरन्ठाना तर्फ आउँदै गरेको को लु ९ प ६६३० नम्वरको एमा ग्लाडिटर मोटरसाइकलमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

मरन्ठाना घर भएका २६ बर्षिय मोटरसाइकल चालक रबिन्द्र सुनार बिजुवार देखि  मरन्ठाना घर तर्फ गइरहेका बेला प्यूठान नगरपालिका १० कोचेनमा वाइरिङ्ग सट भई मोटरसाइकलमा अगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ भने मानविय क्षति नभएको जिल्ला  प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक जेबि गैरेले  जानकारी दिए ।

बिजुवार बाट घर तर्फ जादै थिए सुरुमा तातोको महसुस भयो, गाडी बाट झर्दै गर्दा एक्कासि आगो दन्कियो चालक सुनारले भने- “म अचम्मित छु आफू गुडिरहेको गाडिमा कसरी आगलागी भयो? मेरो गरि खाने सबारी साधन जलेर नष्ट हुनु भनेको ठूलो क्षति हो,यस्तो बिपत्तिमा स्थानीय सरकारले केही राहत प्रदान गरोस् भन्ने आशा लिएको छु।  

यसरी गुडिरहेको मोटरसाइकलमा आखिर आगो किन लाग्छ ?

ब्याट्रीको कनेक्सनबाट कतै सट भयो भने र त्यही बेलामा तेल चुहिएको छ भने आगो लाग्ने उच्च सम्भावना हुने मदन मोटरसाइकल वर्कसप बाग्दुलाका संचालक सरद शर्मा बताउछन्।

त्यस्तै ब्याट्रीबाट आएको मेन वायरिङ तार एक ठाउँमा जोडियो भने वायरिङमा हिट प्रड्युस भएर आफै जल्छ ।

त्यसैगरी कार्बोरेटरबाट तेल चुहिएको बेला सट सर्किट भएमा आगो लाग्न सक्ने उनले बताए।
दुर्घटनाबाट बच्न सर्वप्रथम त गुणस्तरिय सामान प्रयोग गरिएको मोटरसाइकल खरिद गर्नुपर्ने प्राविधिकहरुको सुझाव छ।
यस्तो समस्याबाट बच्न चालकले पनि ध्यान दिनुपर्ने उनको भनाई छ।
लिगेज भएको,बिना फ्युजको ब्याट्री,जलेको तार जस्ता सामग्रीमा होसियार हुनुपर्ने प्राविधिकहरुको सुझाव छ।
कतैबाट पेट्रोल लिकेज भएको बेलामा फयरिङ लिगेज भयो भने आगो लाग्ने सम्भावना उच्च हुने शर्मा बताउछन्।
‘पेट्रोल र फयरिङ लिगेज एकैपटक भएको बाइकमा आगो लाग्ने सम्भावना उच्च हुन्छ’ उनले भने।
त्यसैगरी वायरिङ सट भएमा पनि आगो लाग्न सक्ने उनको भनाइ छ।
यसबाट बच्न बाइक लिएर हिँड्दा ट्याङ्कीमा लिगेज भए नभएको हेर्नुपर्ने उनको सुझाव छ।

प्रतिकृया दिनुहोस्