News Portal

मुख्यमन्त्री पदबाट शंकर पोखरेल राजीनामा दिदै

फरकपोस्ट संवाददातासाउन २७ काठमाडौं
६५३ पटक
साउन २७ काठमाडौं

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिने भएका छन् । उनले केही बेरपछि प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउने बुझिएको छ ।

राजीनामा गर्नेबारे उनले संसदीय दलको बैठकमा छलफल गरिरहेका छन् । त्यहाँबाट उनले टुंगो लगाएर अगाडि बढ्ने भएका छन् ।

आज लुम्बिनी प्रदेशमा विशेष अधिवेशन डाकिएको र अविश्वासको प्रस्तावमाथि छलफल बढ्ने तय भएको छ । त्यस अगावै उनले राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न लागेका हुन् । उनीविरुद्धको अश्विासको प्रस्ताव पारित हुने गरी गठबन्धनले सांसद संख्या पुर्याइसकेका छन् । त्यसकारण पनि उनी पछि हट्न लागेका हुन् ।

पोखरेलको पक्षमा ३८ सांसद छन् । जुन ८० सांसद रहेको लुम्बिनी प्रदेशमा अल्पमत संख्या हो । गठबन्धनले ४२ सासद तयार पारिसकेका छन् । यसकारण अविश्वासको प्रस्ताव पारित हुने देखिन्छ ।
बिमला वली खत्री माओवादीमै रहेपछि पोखरेल अप्ठ्यारोमा परेका हुन् । त्यसमाथि हिजो लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डेयले राजीनामा दिए ।

पोखरेलले राजीनामा दिएमा बहुमतको सरकार गठनको आव्हान हुने देखिन्छ । माओवादीका कुलप्रसाद केसीले बहुमतको दाबी गर्ने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्