News Portal

प्रतिष्ठानको पहलमा कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

फरकपोस्ट संवाददाताभदौ १ काठमाडौं
६६८ पटक
भदौ १ काठमाडौं

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले कोभिड-१९ विरुद्धको खोप सञ्चालन गरेको छ । सोमवारदेखि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा कलाकारहरुले पहिलो चरणको खोप लगाएका छन् ।
कोरोनाविरुद्धको खोप लगाउन लोक दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए । गायक खुमन अधिकारी, शिव हमाल, राजु ढकाल, देवी घर्ती लगायतका कलाकारहरुले खोप लगाए ।

प्रतिष्ठानका केन्द्रीय सल्लाहकार रामचन्द्र कोइरालाको विशेष पहलमा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा खोप उपलब्ध गराइएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए ।

प्रतिष्ठानमा आबद्ध नामावली प्राप्त भएका २ सय कलाकारहरुलाई कोभिड विरूद्धको खोप प्रदान गरिएको हो ।

प्रतिकृया दिनुहोस्