News Portal

अध्यादेश : पार्टी फुटाउन अब केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

फरकपोस्ट संवाददाताभदौ १ काठमाडौं
५८० पटक
भदौ १ काठमाडौं

सरकारले अन्तत्व दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । दल बिभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य  हुने एनलाई संसोधन गर्दै सरकारले  केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको हो यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।

यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको बताएको छ ।

प्रतिकृया दिनुहोस्