News Portal

प्यूठानका स्थानीय तहमा बेरुजुको चाङ्ग

फरकपोस्ट संवाददाताभदौ ८ काठमाडौं
६२६ पटक
भदौ ८ काठमाडौं

प्यूठान,जिल्लाका ८ स्थानीय तहमा आर्थिक वर्ष २०७६/७७ मा १६ करोड २५ लाख ७१ हजार रुपैयाँ बेरुजु निस्किएको छ ।
महालेखा परीक्षक कार्यालयको ५८औँ वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी सरुमारानी गाउँपालिकामा ५.६८ प्रतिशत रकम अर्थात् ३ करोड ७० लाख ४१ हजार रुपियाँ बेरुजु रहेको छ । सबैभन्दा कम झिमरुक गाउँपालिकामा ०.१५ प्रतिशत रकम बेरुजु रहेको छ ।

प्रतिबेदन अनुसार, नौबहिनी गाउँपालिकामा ५ करोड २५ लाख २४ हजार बेरुजु छ । प्यूठान नगरपालिकामा १ करोड ७५ लाख ८३ हजार, माण्डबी गाउँपालिकामा १ करोड १२ लाख ६६ हजार, ऐरावती गाउँपालिकाको १ करोड ९७ लाख ५४ हजार रुपैयाँ बेरुजु निस्किएको छ ।
त्यस्तै, मल्लरानी गाउँपालिकामा १ करोड ८९ लाख ६६ हजार, झिमरुक गाउँपालिकामा १ लाख ३१ हजार, गौमुखी गाउँपालिकामा ४१ लाख २७ हजार रुपैयाँ बेरुजु छ ।
जिल्लाका ९ स्थानिय तह मध्ये स्वर्गद्वारी नगरपालिकाले लेखापरिक्षण गर्न बाँकी रहेको छ ।
उता प्यूठान अस्पताल बिजुवारको समेत १ लाख ३० हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा छ ।

बेरुजु भनेको के हो ?

सङ्घीय सरकारको खरिद ऐन अनुसारको मापदण्ड पूरा नगरी गरिएका खर्चलाई महालेखा परीक्षकको कार्यालयले बेरुजुका रुपमा देखाउने गरेको छ ।
बेरुजु सैद्धान्तिक र नियमित गर्नुपर्ने र असुलउपर गर्नुपर्ने भनेर किटान गरिएको हुन्छ ।

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २ मा प्रचलित कानूनबमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा मनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याएको कारोबारलाई बेरुजुका रूपमा परिभाषित गरेको छ ।

प्रतिकृया दिनुहोस्