फरकपोस्ट संवाददाताभदौ ९ दाङ

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । आयोग कार्यालयका सचिव सुरेश अधिकारीले नेपाल नेतृत्वको दललाई आज प्रमाणपत्र दिएको हो उनीहरूको दल दर्ता नम्बर १६६ रहेको छ ।
एमाले विभाजन गरेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका हुन् । आयोगले दलको मान्यता दिएसँगै अब नेकपा (एकीकृत समाजवादी) पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।