News Portal

रोजगारीका अवसरहरुमा राजनीतिक प्रभाव

भुवन केसी
९२४ पटक

मान्छेहर हर कोहीले बाच्नका लागि केही न केहि संघर्ष गर्नेपर्छ समय र परिस्थिति अनुसार आफुलाई परिवर्तन गर्दै चुनौतीहरुको सामना गरेर अगाडि बढनै पर्छ जो मान्छेले चुनौतीलाई चिरेर अगाडि बढछ त्यो मान्छेले सफलता सिढी पनि चढन सक्छ र बिजय हुन्छ भने समयको अर्थ नबुझ्ने मान्छे पछाडि पर्छ र सभ्यताबाटै लोप भएर जान्छ जीवन निर्वाहका लागि हरेक प्राणीले आ-आफ्नो कर्म गर्नुपर्छ मानव समुदायमा जीवन निर्वाहका लागि गरिने कुनै न कुनै इलमलाई हामी रोजगार पनि भन्छौं ।

नेपालमा रोजगार बिना बस्नु रहर होइन बाध्यता छ । रोजगार नहुदाको अप्ठ्यारो वा बेइलमको असजिलो अवस्था र काम नपाउदाको कठिनाइ धेरैलाई जानकारी नै छ । नेपालमा जनसंख्या दिन प्रतिदिन बढदै गएको छ भने बिरोजगारीको समस्या दिनहु जटिल बन्दै गएको छ । रोजगारीको लागि विदेशी भुमिमा जानुपर्ने हामी नेपाली युवा धेरैको बाध्यता छ । कतिपयलाई रहर पनि होला त्यो छुट्टै पाटो छ । बिदेशी भुमिमा रहेका धेरै दाजुभाइ, दिदीबहिनीहरुको पनि आ-आफ्नै पिडा अनि समस्या छ । कतिलाई दलालले ठगेको छ भने कतिलाई आफ्नै भाग्यले ठगेर बिदेशी भुमिमै ज्यान गुमाउनु परेको छ । अर्को तिर काम र मामको खोजीमा बिदेशी भुमिमा पसेकाहरु केहीको पारिवारिक स्थिति भताभुङ भएको छ । यसबाट केही युटुब पत्रकारलाई भने गाउँगाउँ पसेर भिडियो बनाउन सजिलो भएको छ र रोजगार मिलेको छ ।

मलाई भने यस्तो भिडियो बनाउने पत्रकार माथि चित्त दुखाई छ किनभने यस्ता भिडियो बाट खासै सकारात्मक परिवर्तन आएको देखिदैन त्यसैले घर परिवारमा निराशा छाएको छ गाउँघर सुन्ने भएको छ । बूढा बा आमालाई गाउँघरमा हलोकिलो गर्न सकस छ । छोराछोरीलाई विदेशी भुमिका पसिना बनाउन उत्तिकै गार्‍हो छ । कृषिप्रधान भनेर नामकरण गरिएको देशमा केहि देखिदैन निर्यात खाली देखिन्छ आयात नुन आयात, तेल आयात कहिले सम्म चल्छ यो आयात खाली सरकारले कृषि कर्जा र अनुदान दिने कुरा मात्रै गर्छ त्यही माथि पनि उक्त अनुदान कल्ले पाउछ पाउछ वास्तविक किसानहरुको आफ्नै छुट्टै पिडा छ । बर्षभरी दुख गरेर उत्पादन गर्छ बिचौलियालाई कमाउन ठिक्क छ किसानलाई बजार ब्यवस्थापन गर्ने कठिन छ । नेपालमा केहि गर्ने उदेश्य बोकेर कृषि प्राबिधिक पढेका धेरै विद्यार्थीको स्थिति बिजोग छ ।

राजनीतिक अस्थिरता, सामाजिक भेदभाव तथा जातीय र लैङ्गकि असमानता रहेकोले शैक्षिक बिरोजगार झन बिकराल बनेको छ । पढेलेखेका भन्दा पावर हुनेहरुले रोजगार पाउने प्रणाली छ । तिनै तहका सरकारका जनप्रतिनिधिहरुलाई आ-आफ्ना मान्छेहरु करारमा भर्ती गर्ने ठिक्क छ । गरिब दुखिका छोराछोरीहरु अवसर खोज्दा खोज्दा दिक्क छन । चिनजान छ, न आफ्नो मान्छे छ । धनीमानी हुनेखानेलाई नेपालमा पनि रोजगार छ किनभने नेपालमा पैसाको काम छ । अहिले राजनीतिदलका प्रतिनिधि र हुनेखानेका छोराछोरी अमेरिका,अस्ट्रेलिया जस्ता विकसित देशहरूमा छ्न ।
जनताका छोराछोरी खाडीका विभिन्न देशहरू र भारतका गल्लिहरुमा छ्न ।

खासमा रोजगार कस्ताले पाउछन् हाम्रो नेपालमा ?
कुनै एउटा पार्टीको पुच्छर भएर कुनै नजिकको प्रतिनिधिको पात्र भएर योग्यता, क्षमता भएर होइन राजनीति पावर र पहुँच भएर ,खासमा स्वच्छ प्रतिस्पर्धा गराएर योग्य र सक्षम ब्यक्ती नियुक्ति गर्नुपर्ने होइन र ? यसरी राजनीतिककै अधारमा रोजगार दिने र नियुक्ति गर्ने हो भने यहाँ पढनु अर्थात सिक्नुको अर्थ के ? जहाँ काम पाउनको लागि माओवादीले जितेको क्षेत्रमा माओवादी काङ्ग्रेसले जितेको क्षेत्रमा काङ्ग्रेस,एमाले जितेको क्षेत्रहरुमा एमाले र अन्य कुनै पार्टीले जितेको क्षेत्रमा अन्य कुनै पार्टी बन्नुपर्छ भने यो कस्तो बिडम्बना हो योग्यता क्षमताको मुल्यांकन नै नगरेर रोजगार पाउनलाई कुनै पार्टीको झोले बन्नुपर्ने स्वतन्त्र भएर आफ्नो क्षमता योग्यता देखाउन नपाईने आफ्ना कार्यकर्तालाई मात्रै कर्मचारी भनेर भर्ती गर्नुपर्ने दक्ष जनशक्तिको मुल्यांकन नै नहुने ।

एकपटक तपाई आफै मुल्यांकन गर्नुस् हाम्रा देशका विभिन्न राजनीतिदलका प्रतिनिधिहरुले गरेर काम कार्यहरू हेर्नुस् उनले जितेको क्षेत्रहरुमा बुझ्नुहोस गएर हेर्नुस् उनका क्रियाकलाप छर्लङ्ग छन त्यसैले यो प्रणाली विरुद्ध हामी सबै सशक्त भएर लाग्नुपर्छ । रोजगारी राजनीति पावर पहुँचले होइन योग्यता क्षमताका आधारले दिनुपर्छ र पाउनुपर्छ त्यसैले यस्तो गलत प्रबृत्तिको विरुद्ध सबै एकजुट हुनुपर्छ । कुनै पार्टीको झोले बनेर होइन योग्यता क्षमता , दक्षताका आधारमा जागिर खान लागिपर्नुपर्छ ।

योग्यता, क्षमता भएका तर कुनैपनि दलको पार्टी सदस्य अर्थात आस्था नभएकै कारणले जागिर खान नपाउने र योग्यता भएर कुनै पार्टीको पार्टी सदस्य भएकाले मात्र जागिर पाउने कुरा सरासर गलत हो यस्तो प्रबिधिको अन्त्य हुनुपर्छ । खुला प्रतिस्पर्धामा योग्यता प्रणाली अनुसार जागिर खान सक्ने हैसियत भएका जुनसुकै दल वा पार्टीका सदस्यले सहज रुपमा जागिर खान पाउनु पर्छ ।यस्तो प्रबिधि केन्द्र बाट स्थानीय तह सम्म नै देखिएको हुनाले यो परिपाटी हटाउनु पर्छ यस्तो गलत राजनीतिक संस्कारलाई प्रयोग गर्नु हुदैन ।

भुवन के सी, गंगादेब गाउँपालिका ६ रोल्पा

प्रतिकृया दिनुहोस्