News Portal

एमसीसीविरुद्ध बिरोध प्रदर्शन र जनसभा हुदै : नेकपाका महासचिव विप्लवलगायतले सम्बोधन गर्ने

फरकपोस्ट संवाददाताभदौ २८ काठमाडौं
३९९ पटक
भदौ २८ काठमाडौं

एमसीसीविरुद्ध बिरोध प्रदर्शन र जनसभा हुदै : नेकपाका महासचिव विप्लवलगायतले सम्बोधन गर्ने नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध आज मध्यान्ह काठमाडौँमा बिशाल बिरोध प्रदर्शन सहित जनसभा गर्ने बताएको छ ।
उक्त जन सभाको प्रमुख वक्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपि गजुरेल, नेकपा (माले ) का महासचिब सिपि मैनाली , नेकपा
(माओबादी केन्द्र) का संयोजक कर्णजित बुढाथोकी , नेपालका लागि नेपालीका संयोजक डा सुरेन्द्र भण्डारी लगायतका राष्ट्रिय व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उक्त बिरोध प्रदर्शन मध्यान्ह १२ बजे काठमाडौँको त्रिपुरेश्वर , बबरमहल र लैनचौरवाट सुरु भै खुल्ला मंचमा पुगेर जनसभामा परिणत हुने बताइएको छ । साथै एमसीसीविरुद्ध हुने उक्त बिरोधप्रदर्शन र जनसभामा सक्रिय सहभागिता जनाउन आमराष्ट्रप्रेमी नागरिकलाई नेकपाले आग्रहसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्