News Portal

निरन्तर सर्वाधिक रोयल्टी पाइरहने संगीतकार सन्तोष केसी को हुन ? यस्तो छ उनको सांगीतिक परिचय

गोविन्द अनेक असोज १ काठमाडौं
१२०६ पटक
असोज १ काठमाडौं

नेपाली गीत संगीत जगतमा स्थापित नाम हो सन्तोष केसी, २०६० साल मा १५ वर्षको कलिलो उमेरमै रेडियो नेपाल बाट स्वर परीक्षा उत्तीर्ण गरेर आैपचारिक रुपमै संगीत यात्रा सुरु गरेका केसी लगभग दुई दशकदेखि नेपाली गीत संगीतमा सक्रिय मात्र छैनन् सफल र चर्चित पनि छन ।

२०६० सालमा नाका थुनेको पहिलो एल्बम रेकर्ड गरेर बजारमा ल्याएका केसीले क्रमशः रेसुङ्गामा हावा सरर, मैले छोएको पानी चल्दैन, चिता को ज्वाला, रोकिन्न आखामा आँसु हुदै २०६४ सालमा आफ्नै शब्द संगीत स्वरमा तम्घासमाथि रेसुङ्गाको वन बजारमा लिएर आए, फलस्वरूप गीत अत्यन्तै लोकप्रिय बन्यो जुन गीत अहिले पनि उत्तिकै प्रिय र सदाबहार छ ।

संगीतकार केसीले करिब २०० भन्दा बढी लोक, आधुनिक, तीज र दशैका गीतहरू बजारमा लिइसकेका छन । उनले गर्ने सबैजसो सृजनामा माैलितालाई बढी प्राथमिकता दिने गर्दछन जसका कारण उनी द्वारा सिर्जित गीतहरु सबैका प्रिय र सदाबहार भइरहेका छन ।

“आफ्नो भनु कसलाई यहाँ” “अन्त माया लाको भए” “छुट्यौ भने रुनु पर्ला” ” हेर्दा कहा देखिन्छ र” “जस्लाइ धेरै” “माया नरोउ भन्ने ले” जस्ता सर्वाधिक चर्चित आधुनिक गीत, लोक दोहोरी तर्फ “तम्घास माथि रेसुङाको बन” “रेसुङ्मा हावा सरर” “पियारु” “निरमाया” साली भिना” त्यस्तै सन्देशमुलक तीज गीत “भट्टी कि साहुनी” “आमा सौता” “सासु बुहारी को झगडा” बाबा आमा बुहारी” तीजको रहर” लगायतका सयौं सर्वप्रिय गीतहरु नेपाली गीत संगीत क्षेत्रमा लोकप्रिय एवम् सदाबहार रहेका छन ।

सिआरबिटी, पिआरबिटी सर्वाधिक डाउनलोड हुने गीतका संगीतकारका परिचय समेत बनाइसकेका केसीको पछिल्लो समयको डिजिटल बजार युटुब टेण्ड्रिङ देखि करोडौं भ्युज पाउने गीतका सूचीमा समेत उनका गीतहरु रहेका छन् ।

जुनसुकै विधाका गीत सृजना गर्न माहिर सन्तोष नेपाली गीत संगीतमा एक सफल,अनुशासित संगीतकारका रुपमा सबैसामु परिचित रहेका छन ।

प्रतिकृया दिनुहोस्