
लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन नेपाल प्यूठान जिल्ला समितिको आयोजनामा स्वर्गद्वारी नगरपालिकाको भिङग्री बजारमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ ।
युवाहरुले विभिन्न नारासहित बजार परिक्रमा गरि सोही बजारमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टी जिल्ला सदस्य गिरु प्रसाद भुसाल “परिवर्तन” र संगठनका उपाध्यक्ष हरि बस्नेत “आकाश” ले अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाको कारण युवाहरुको भविष्य चौपटट्ट पारेर लागु पदार्थ सेवनले युवा पंक्ति ध्वस्त पारेको भन्दै अब सबै परिवर्तनकारी युवाहरु एकीकृत जनक्रान्तिको झन्डामूनि गोलबद भएर यो व्यवस्था खारेज गरि जनताको वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति संघर्ष गर्न अपिल गरे साथै वक्ताहरुले समसामयिक युवाहरुको विषय र लागु पदार्थबाट युवाहरु जोगिन पनि अपिल गरेका थिए ।
प्लेकार्डसहित युवाहरुले नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, युवा संगठन नेपाल जिन्दावाद, लागु औषध तस्करीलाई कारबाही गर, लागू पदार्थ सेवनबाट सम्पूर्ण युवाहरु सचेत हौँ जस्ता नारा लगाएर बजार परिक्रमा गरेका थिए ।