फरकपोस्ट संवाददाताअसोज ११ काठमाडौं

लोकप्रिय गायिका पूर्णकला बिसीकी आमा स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालामा भर्ना गरिएको छ । गृह जिल्ला बर्दियामा बस्दै आएका बिसीकी आमाको स्वास्थ्यमा लगातार समस्या देखिन थालेपछि थप उपचारको लागि राजधानी ल्याइएको गायिका बिसीले जानकारी दिइन ।
चिरायु अस्पताल श्रोतका अनुसार पूर्णकलाको आमालाई पित्त थैलीमा पत्थरी भएको र अहिले त्यसको उपचार भइरहेको बताएको छ । डाक्टरले बताए अनुसार अप्रेसन केही दिनपछि गर्ने तयारी गरिएको छ । आमाको उपचारको लागि बिसी आफै अस्पतालमा बस्दै आइरहेकी छिन ।