फरकपोस्ट संवाददाताअसोज २६ काठमाडौं

मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । घटनास्थलमै २८ जना र उपचारका लागि नेपालगन्ज लगिएका ४ जनाको मृत्यु भएको जुम्ला प्रहरीले जानकारी दिएको छ ।
घटनामा अन्य १३ जना घाइते भएका छन् । उनीहरूमध्ये १२ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ः५० बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका– ७ पिना तप्नेखोलामा दुर्घटनामा परेको हो । बाह्रखरीबाट