News Portal

नेपाल कम्युनिस्ट पार्टी प्यूठानको प्रशिक्षण कार्यक्रम सम्पन्न

फरकपोस्ट संवाददाताकार्तिक ७ रोल्पा
७२४ पटक
कार्तिक ७ रोल्पा

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठानले जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुलाई राजनितिक तथा वैचारिक प्रशिक्षण दिएको छ ।

प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टी सदस्य , जन वर्गिय संगठन, माेर्चाका प्रतिनिधिहरु र इलाका स्तरका पार्टी सदस्यहरूकाे सहभागिता रहेकाे जिल्ला सेक्रेटरी अजयले जानकारी दिए । सेक्रेटरी अजयका अनुसार पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. (जागृति) ले कार्यकर्ताहरुलाई राजनितिक तथा वैचारिक प्रशिक्षण दिएका थिए ।

नेपाल सरकारले नेकपा माथि लगाएकाे करिव २ बर्ष लामाे प्रतिबन्ध फुकुवा तथा काेराेना महामारीपछिकाे याे पहिलाे र ठुलाे केन्द्रीकृत कार्यक्रम हाे ।

नेपाल कम्युनिष्ट पार्टीले एकिकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य सहित आफ्नो सांगठनिक गतिविधिहरु जिल्लाका स्थानीय तहमा संचालन गरिरहेकाे छ ।

हालकाे संसदीय व्यवस्थालाई दलाल पुँजीवादी व्यवस्थाकाे संज्ञा दिएकाे नेकपाले यो व्यवस्थाकाे विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जनमत संग्रह गर्ने कार्यनीति लिएकाे प्रमुख प्रशिक्षक तथा नेकपा नेता जागृतिले बताए ।

कार्यक्रममा नेकपा प्युठान का पुर्व जिल्ला इन्चार्ज रत्न थापा ( सुर्यप्रकाश) , पुर्व जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रीय स्कुलिङ विभाग का सदस्य चिन्तामणी घिमिरे लगायतले एकीकृत जनक्रान्ति र नेपालमा वैज्ञानिक समाजवादकाे अावश्यकता बारे प्रशिक्षण मन्तव्य राखेका थिए ।

बृहत् साँस्कृतिक कार्यक्रम सहित शनिबार सम्पन्न प्रशिक्षण कार्यक्रको संचालन जिल्ला पार्टी सचिवालय सदस्य तथा जिल्ला जनपरिषद प्रमुख बाम ब. बुढाले गरेका थिए भने स्वागत मन्तव्य सचिवालय सदस्य केशव थापाले राखेका थिए ।

प्रतिकृया दिनुहोस्