News Portal

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको अध्यक्षमा पाटन निर्वाचित

फरकपोस्ट संवाददाताकार्तिक १५ प्यूठान
७७७ पटक
कार्तिक १५ प्यूठान

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ । कार्तिक १४ र १५ गते दुई दिनसम्म तुलसीपुरमा चलेको सम्मेलनले पाटन जंगलीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिती निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा दिनेश, महासचिवमा बिदुसी, सचिवमा तिलक र कोषाध्यक्षमा विश्लेषण रहेका छन् भने सदस्यहरुमा दिप, श्याम, बिरेन्द्र विक, भुवन कुवर, इन्द्र, नेत्र, राम, प्रविन, बिचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्ण बहादुर श्रेष्ठ, जीवन तामाङ, राजकुमार पुतवार, धन बहादुर श्रेष्ठ, शंकर भुजेल, किरण अर्याल, निरज शाह, मदन गजमेर, कविराज यमजुङ, बिधुर शेर्पा, हर्क लिम्बू, आकाश श्रेष्ठ, सन्दिप विक, तेज लामा, मोहन कुमार राम, प्राण कुमार लामा, अविनाश, बादल, लिला शारु मगर, सन्तोष सुवेदी, खड्क सिंह, गोविन्द चन्द्र, आशिष थापा, दिपक बुढाथोकी, प्रेरणा रोकाय, तिलक पौडेल, गोबिन्द बुढा, मिनेश एडि, सागर शाही, कल्पना मल्ल, मनोज परियार, हरि बस्नेत, जिवनी चौधरी, विवेक विक, प्रकाश गिरी, डिल्ली रमण वली, मनमोहन जोशी, लोकेश धामी, हर्क बहादुर कुंवर, सुशील साउद, कविता कार्की, मकर गुरुङ, प्रमोद सिंह, प्रशान्त, बसन्त, जस्मान निर्वाचित भएका हुन् ।

सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले विश्वभरी संसदीय व्यवस्था चरम संकटमा पुगेको भन्दै संकट समाधानको निर्विकल्प बाटो जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद भएको बताए ।

प्रतिकृया दिनुहोस्