News Portal

बन्दको पूर्वसन्ध्यामा महासचिव विप्लवले निकाले कडा विज्ञप्ति हेर्नुहोस केछ विज्ञप्तिमा

फरकपोस्ट संवाददाताकार्तिक २९ काठमाडौं
९८९ पटक
कार्तिक २९ काठमाडौं

देउवा सरकारको ज्यादती र मनपरिबिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो। सोहि कार्यक्रम अन्तर्गत भोलि नेपाल बन्द आव्हान गरिएको हो ।

भोलिको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्लै रहनेछन तर त्यस बाहेक बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ ।

साथै नेकपाले सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेको छ । जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न पनि सरकारसँग अपिल गरेको छ ।

पार्टीका महासचिव विप्लवले बिहीबार एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए । जसअनुसार कात्तिक, २५ गते देशव्यापी बिरोध प्रदर्शन भएको छ भने २६ गते प्रचार/प्रसार र मशाल जुलुस, २७ गते देशव्यापी प्रदर्शन र चक्काजाम भएको छ । त्यस्तै २९ गते साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्द हुनेछ ।

‘जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरियो ।

जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा बिक्रि गरिँने छ । बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’ बिज्ञप्तिमा भनिएको छ ।

आफ्नो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै नेकपाले तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गगरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि माग गरेको छ ।
‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । साथै जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ ।’ विज्ञप्ति भनिएको छ ।

प्रतिकृया दिनुहोस्