
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दलित मुक्तिमोर्चा नेपालको अध्यक्षमा रामलाल विश्वकर्मा चयन भएका छन ्। धनगढीमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट विश्वकर्मालाई अध्यक्षमा चयन गरिएको हो ।
रामलाल विश्वकर्माको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा जितेन्द्रमान महरा, महासचिव त्रिलोचन विश्वकर्मा, सचिव उमेश सिके, रामकुमार पासवान, कोषाध्यक्ष जानकी बराल रहेका छन् ।
सम्मेलनले सङ्गठनको नाम परिवर्तन गर्दै ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ राख्ने निर्णय गरेको छ । काम र श्रमका आधारमा राखिएको जात व्यवस्थाले विभेद र असमनता बढाएको निष्कर्षसहित श्रमिक वर्ग र समुदायको भाव झल्किने खालको नाम राख्ने निष्कर्ष गरिको अध्यक्ष रामलाल विश्वकर्माले बताएका छन ।
सम्मेलन कात्तिक २९ देखि २९ धनगढीमा सम्पन्न भएको हो । सम्मेलनमा नेकपाका महासचिव विप्लवसहितका शीर्ष अन्य केन्द्रीय नेताहरुको सभागिता रहेको थियो ।