News Portal

बस दुर्घटना हुदा रोल्पामा ४ जनाको मृत्यु

फरकपोस्ट संवाददातामंसिर २ काठमाडौं
१३७२ पटक
मंसिर २ काठमाडौं

रोल्पा जिल्ला माडी गाउँपालिका ४ तार्केबाङमा बस दुर्घटना हुदा ४ जनाको घटना स्थलमै ज्यान गएको छ भने ६ जना गम्भिर घाइते भएका छन । गम्भिर घाइतेहरुको अहिले घर्तीगाउँको स्मृति हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । दाङको घोराही बाट थवाङका लागि छुटेको बस दुर्घटनामा परेको हो ।

बस सडक बाट १ सय फिट तल माडी खोलामा खसेको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका छन । घर्तीगाउँको प्रहरी चेकपोष्टमा १० जना मात्र यात्रु मात्र दर्ता गरेको गाडिमा कति जना यात्रुहरु थिए भन्ने एकिन भएको छैन । ना ३ ख ५५१८ नम्वरको बस करिव साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी र स्थानियहरुद्धारा उद्धारकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय घर्तिगाउँले जानकारी दिएको छ । मृतक र घाइते कसैको पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्