फरकपोस्ट संवाददातामंसिर २० लुम्बिनी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । पुन मगर रामचन्द्र पौडेल पक्षका हुन ।
मतगणनाको अन्तिम परीणाम अनुसार पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहले ७६७ लिए । अन्य पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ।