News Portal

२ हजार मत गन्दा देउवा कोइरालाभन्दा २३२ ले अगाडि

फरकपोस्ट संवाददातामंसिर २८ काठमाण्डाैं
१२०३ पटक
मंसिर २८ काठमाण्डाैं

कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

अहिलेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ र प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ६ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्