News Portal

सुनिल गिरीको ‘को होला त्यो–२’ फिमेल भर्सनको सार्वजनिक

फरकपोस्ट संवाददातामाघ ९ काठमाण्डाै‌
८१९ पटक
माघ ९ काठमाण्डाै‌

लाेकप्रिय गायक एवं सर्जक सुनिल गिरीको नयाँ गीत ‘को होला त्यो–२’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी  सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुङले स्वर दिएकी छिन । गोपाल रसाइलीको एरेन्ज र श्यामश्वेत रसाइलीकाे मिक्सिङ्ग रहेको यस गीतकाे अडियाे रेकर्डिङ्ग प्रिज्म डिजिटलमा गरिएकाे हाे ।

सबैले रुचाएका नायक पल शाह र कृष्टिना थापाकाे जीवन्त अभिनय रहेकाे यस म्युजिक भिडियोको छायांकन र  निर्देशन अनिल के मानन्धरले नै गरेका छन भने सम्पादन र कलरिङ मनोज कार्कीले गरेका हुन् । गायक गिरीको अफिसियल युट्युब च्यानल Sunil Giri बाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतले सबैकाे मन जिताेस् हामी शुभकामना दिन चाहान्छाैं ।

भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्