News Portal

प्यूठानमा दुलही बोकेको जिप दुर्घटना हुदा ८ जनाको मृत्यु

शमशेर विक्रम जिसीमाघ २२ प्यूठान
१६५८ पटक
माघ २२ प्यूठान

प्यूठानमा जिप दुर्घटना हुदा मृत्यू हुनेकाे संख्या ८ पुगेकाे छ । घटनास्थलमै ६ जना र उपचारकाे क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुइजनाकाे मृत्यू भयकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी देबिप्रसाद गैह्रैले बताए ।

नाैबहिनि गाउपालिकाकाे लुङ बाट दुलही लिएर गाैमुखी गाउपालिकाकाे लिवाङ जादै गरेकाे जिप लिवाङकाे ओखरपाटामा दुर्घटना भएको हाे । ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा अन्य ५ जना घाइते भयकाे र उनिहरूकाे जिल्ला अस्पताल बिजुवारमा उपचार हुदै छ । जीप सडक देखि ३०० मिटर तल खोल्सा मा खसेको छ । मृतककाे सनाखत हुन सकेकाे छैन ।

प्रतिकृया दिनुहोस्