News Portal

अन्तत संसदमा एमसिसी टेबल गर्न सत्ता गठबन्धन तयार

फरकपोस्ट संवाददाताफागुन ८ काठमाण्डाैै
११५२ पटक
फागुन ८ काठमाण्डाैै

सत्तारुढ गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ। बालुवाटारमा  आज आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेकाे हाे ।

अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्ने पनि गठबन्धनले जानकारी गराएकाे छ ।  बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने जनाइएकाे छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने भएकाे छ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की  सहभगी भएका थिए।

प्रतिकृया दिनुहोस्