
मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विभिन्न १० कारण देखाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालोमोसो दलेर जनकारबाही गरिएको कम्युनिस्ट पार्टीले वक्तव्य मार्फत जानकारी गराएको छ । जनकारवाही अर्थ गरिएको भन्दै नेकपाले कारणहरु वक्तत्व मार्फत सार्वजनिक गरेको हो ।
मल्लरानी ५ सरङकोटस्थित भुमी विकास आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा सुस्मिता मल्ल मृत अवस्थामा भेटिएकाले जनताले शंका गरेको व्यक्तिलाई संरक्षण गरेको नेकपाले आरोप लगाएको छ ।
त्यस्तै, सोही विद्यालयको शिक्षक शिक्षिकालाई सामाजिक बहिष्कार गरेको अवस्थामा उनीहरुलाई संरक्षण गरेको, विद्यालयलाई प्रदेश सरकारबाट गत आर्थिक वर्ष ३६ लाख बजेट विनियोजन भएकोमा कार्यालय प्रमुखले योजनाबद्ध फ्रिज गराई हाल गाउँपालिकाद्धारा ३० लाख बजेट विनियोजन गरी स्टिमेट अनुसार काम नगरेको नेकपाले गाउँपालिका माथी आरोप लगाएको छ ।
सरकारले विनियोजन गरेको योजना व्यक्तिको नाममा तमसुक बनाएर मात्र विनियोजन गरेको, तमसुक नगरेमा बजेट फ्रिज गराइदिने धम्की दिएको, झाक्रिस्थान पर्यटकीय स्थलमा जाने बाटो र वडा नम्बर ५ मा जाने बाटो धेरै पटक जनताले गुनासो गर्दा समेत मर्मत नगर्दा यातायात अवरुद्ध भएको लगायतका आरोप नेकपाले गाउँपालिका माथी लगाएको छ ।
विपन्न जनतालाई वितरण गर्ने नाममा सोलार किनेर विजुली जडान भएको घरहरुलाई वितरण गरेको, कोभिड १९ को खर्च सार्वजनिक नगरी जनताले खर्च विवरण माग्दा समेत नदिएको, झाक्रिस्थान खोलामा हाल्ने भनी दुई दुई पटक लिएको होम पाइप अन्यत्र लगेर प्रयोग गरेकोले वर्षातको समयमा बाटो अवरुद्ध हुने समस्या भएको, गत आर्थिक वर्ष खरको छानामुक्त भनेर लिएको जस्तापाता कमिशनको खेलमा पक्की घर तथा नयाँ घर बनाउन दिएको र कुनै पनि जनताले गरेको फोन नउठाउने, जनतासँग अपशब्द बोल्ने जनगुनासो आइरहेकाले कालोमोसो दल्नुपरेको नेकपाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । विज्ञप्ति