नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्याैपाने नेकपा (माओवादी केन्द्र) एकाध व्यक्तिकाे निजी क्लब नभएकाे बताएका छन । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताएका छन् । ‘हालको (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन’, उनले सामाजिक सञ्जालमार्फत यस्ताे भनेका छन । ‘नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, भन्दै न्यौपानेले प्रश्न गरेका छन, न्याैपानेले एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने मत पार्टीमा राख्नदै आएका छन ।
माओवादी केन्द्र एकाध व्यक्तिकाे क्लब हैन : लेखनाथ न्याैपाने
फरकपोस्ट संवाददाताफागुन १५ काठमाण्डाैं
फागुन १५ काठमाण्डाैं- वरिष्ठ गीतकार रमेश बिजीले गरे विवाह
- भारतको ओडिशा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते
- भारत भ्रमण परिणाममुखी भएको छ : प्रधानमन्त्री प्रचण्ड
- प्रचण्डको गेरुबस्त्र भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ हो : लेखनाथ न्यौपाने
- जाल्पा सामुदायिक लघुवित्तले गर्यो मृतक कोमतीको परिवारलाई आर्थिक सहयोग
- महिला क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै २-१ को अग्रता लियो
- प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
- अथार मगरात कलाकार संघको भव्य कार्यक्रम हुँदै
- प्रधानमन्त्री प्रचण्डले आज महाकालेश्वर मन्दिरमा पूजा गर्ने