News Portal

सुर्खेतमा बन्दकर्ताद्वारा एमाले पार्टी कार्यलयमा आगजनी, काँग्रेस र माओवादी कार्यालयमा तोडफोड

फरकपोस्ट संवाददाताफागुन १६ काठमाडौं
८४५ पटक
फागुन १६ काठमाडौं

सोमबार विप्लव, बैद्य नेतृत्वको पार्टी र अन्य पार्टीहरुले आव्हान गरेको नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगजनी गरेका छन् । साथै उनीहरुले काँग्रेस र माओवादी केन्द्रको कार्यलयमा समेत तोडफोड गरेका छन् ।

बीरेन्द्र नगर ६ मा रहेको एमाले कार्यलयमा एमसीसी पास गर्न सघाएको भन्दै उनीहरुले आगो लगाएका थिए ।
बन्दकर्ताले ढुंगामुडा गर्न थालेपछि प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । एक दर्जन बढी बन्दकर्ता पक्राउ गरिएको पनि सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्