News Portal

विप्लव नेकपा सहित ६ राजनीतिक पार्टीद्वारा एमसीसीकाे विराेधमा थप आन्दोलनका कार्यक्रम घोषणा

फरकपोस्ट संवाददाताफागुन १८ काठमाण्डाैं
८०६ पटक
फागुन १८ काठमाण्डाैं

अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)विरूद्ध आन्दाेलित विभिन्न छ राजनीतिक दल र दुई मार्चाले थप आन्दाेलन गर्ने भएका छन्।  बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानकाे भवनमा आयाेजित पत्रकार सम्मेलनका गरेर थप आन्दाेलनका कार्यक्रम घाेषणा गरेका हुन्।

पत्रकार सम्मेलन मार्फत माेर्चाका नेताहरुले पत्रकारहरुलाई जानकारी दिदै  २० गते काठमाडाैँ उपत्यकामा विशाल प्रदर्शन तथा संयुक्त विराेधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने । त्यस्तै ८ माेर्चाले २४ फागुनमा अन्तर्राष्ट्रिय नारी दिवस संयुक्त रूपमा मनाउने तथा २६ गते ८ दल सम्बद्ध विद्यार्थी संगठनहरूले देशव्यापी क्याम्पस तथा विद्यालयमा विराेध प्रदर्शन गर्ने  बताएका छन।

साेही घाेषित कार्यक्रम अनुसार फागुन २८ गते युवा समूहले देशव्यापी विराेध प्रदर्शन र सभा ३० गते गते मजदुर सङ्गठनहरूले देशव्यापी विरोध प्रदर्शन तथा सभा, चैत २ गते किसानहरूको तर्फबाट देशव्यापी विरोध प्रदर्शन तथा सभा, चैत ४ गते श्रमिक तथा दलित समुदायसँग सम्बन्धित मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा एवम् प्रकारले चैत ६ गते जातीय र क्षेत्रीय मोर्चाहरूको आयोजनामा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने माेर्चाले जानकारी गराएकाे छ।

साथै प्रतिनिधिसभाबाट एमसीसी अनुमाेदन भएकाे दिन फागुन १५ लाई कालाे दिन घाेषणा समेत गरेका छन्।

कार्यक्रममा बाेल्दै माेर्चा सम्वद्ध नेताहरुले  एमसीसी संसदबाट पारित गरिएपनि नेपाली जनताले नगरेकाे स्पस्ट पारे साथै  एमसीसीलाई आन्दोलन गरेर सडकबाटै खारेज गर्ने बताए ।

प्रतिकृया दिनुहोस्